दफा ६
पैठारी गर्न पूर्व स्वीकृति दिने
(१) नियम: ५ बमोजिम परेको निवेदन सम्बन्धमा मन्त्रालयले आवश्यक जाँचबुझ गरी तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न पूर्व स्वीकृति दिन मनासिब देखेमा पैठारी गरिसक्नु पर्ने अवधि तोकी अनुसूची-९ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र काब्रु बाहिरको परिस्थिति परी तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्न नसकेमा सम्बन्धित व्यक्ति वा संस्थाले म्याद थपको लागि मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम परेको निवेदन सम्बन्धमा मन्त्रालयले जाँचबुझ गरी त्यस्तो अवधि थप गर्न मनासिब देखेमा उपयुक्त म्याद थप गरी दिन सक्नेछ।